-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित उच्च स्तरिय समितिले थप समय माग गरेको छ । भदौ २ गतेसम्मको समयसीमा पाएको पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यहरु डा। मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले समय सकिएको दुई दिनपछि थप समय मागेको हो । योसंगै कांग्रेसको भदौ १८ का लागि तोकिएको वडा अधिवेशन नहुने निश्चित भएको छ ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर कृष्ण सिटौला सम्मिलित उच्च स्तरिय समितिले क्रियाशील सदस्यताको विवाद टुंगो लगाउन अझै समय लाग्ने जनाएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको बाँकी काम भदौ २ भित्र सहमति गरेर भदौ ३ मा केन्द्रीय सभापतिलाई बुझाउन म्याण्डेट दिएको थियो । म्याण्डेट सकिएको २ दिनपछि समितिले थप समय मागेको हो ।
यो संगै कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गते सम्मका लागि तोकिएको कार्यतालिका प्रभावित हुने देखिएको छ । तय भएको कार्यतालिका मध्ये भदौ १८ का लागि तय भएको वडा तहको अधिवेशन नहुने निश्चिित भएको छ । कांग्रेसको महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले क्रियाशील सदस्यताको विवरण पाएको १९ दिनपछि मात्र वडा अधिवेशन गराउने जानकारी केन्द्रीय समितिलाई गराइसकेको छ । तर अब वडा अधिवेशनको मिति भदौ १८ गते आउन १३ दिन मात्र बाँकी छ । क्रियाशील सदस्यता टुंगो लगाउन गठन भएको उच्चस्तरिय समितिले अझै केहि दिन समय लाग्ने बताएको छ ।
क्रियाशील सदस्यता छानबिन समितिले सिन्धुपाल्चोक, रसुवा, धनुषा–४, सर्लाही–२ लगायत ठाउँहरुको विवाद समाधानका लागि शीर्ष नेताहरुलाई बुझाएको थियो । तर, नेताहरुले सहमति जुटाउन नसकेपछि सिटौलाको नेतृत्वमा अर्को समिति बनाएका थिए । सो समितिले पनि काम तोकिएको समयमा गर्न सकेन् ।
अझछानबिन समितिले विवाद समाधान गर्न नसकेर स्थगित गरेका १ सय ७० वडाको सदस्यताका विषयमा उच्चस्तरिय समिति प्रवेश नै गरेको छैन् । कांग्रेसको महाधिवेशनको मुल आधार नै क्रियाशील सदस्यता हो । क्रियाशील सदस्यहरुले वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन गर्छन् । ती नै क्षेत्रीय प्रतिनिधिले नै पालिका, प्रदेश र जिल्लाको नेतृत्वमात्रै होइन, केन्द्रीय कार्यसमिति चयनमा मतदान गर्ने केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत चयन गर्छन् ।
News Desk 0 response शनिबार, भदौ ५, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





