• नेपालमा थप २ हजार ७५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणक्रा क्रममा १ हजार ४ सय २४ र एन्टिजेनबाट गरिएको परीक्षणका क्रममा ६ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो संगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ८ लाख २५ हजार ७ सय २२ पुगेको छ । देशभर ३९ हजार ३ सय २१ सक्रिय संक्रमित आइशोलेशलमा रहेका छन् । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३० जनाले ज्यान गुमाएका छन् ।

    योसँगै नेपालमा कारण मृत्यु हुनेको संख्या १० हजार ४ सय ८५ पुगेको छ । त्यस्तै २४ घण्टामा थप २ हजार ३ सय ८२ संक्रमित कोरोना मुक्त हुँदा नेपालमा संक्रमित भएकामध्ये ६ लाख ९५ हजार ९ सय २५ जना कोरोना मुक्त भएका छन् ।

4565