-
सामाजिक सञ्जाल ट्वीटरले गलत सूचना तथा जानकारी ट्वीट गर्नेका विरुद्धमा उजुरी लिने भएको छ । गलत सूचनाको प्रवाह बढदा त्यसले नकारात्मक असर परेको भन्दै ट्विटरले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिन मिल्ने व्यवस्था गर्न लागेको हो । उजुरीको व्यवस्था गरेपछि गलत सूचना प्रवाह हुने क्रम कम हुने ट्विटरको अपेक्षा छ । राजनीति, जनस्वास्थ्यलगायतका विषयमा आउने गलत सूचनालाई न्यूनीकरण गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो ।
कुनै ट्वीटर ह्यान्डलबाट पटकपटक गलत सूचना प्रवाह भएको पुष्टि भएमा त्यसलाई निस्कृय बनाउने तयारी ट्विटरको छ । परीक्षणका रूपमा अमेरिका, अष्ट्रेलिया र दक्षिण कोरियाका प्रयोगकर्ताहरूले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिनसक्ने व्यवस्था छ । यो सुविधा केही महिनापछि अन्य देशहरूबाट पनि उपलब्ध हुनेछ । व्यक्तिगत रूपमा अपमानित गर्ने, गाली बेइजती गर्ने, अर्काको स्वन्त्रता हनन् गर्नेजस्ता कार्यकाविरुद्ध ट्विटरले यसअघि नै उजुरी लिने गरेको थियो ।
News Desk 0 response शुक्रबार, भदौ ४, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३