-
तालिबान बिद्रोहीले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारमा पनि कब्जा जमाएका छन । तालिबानले कान्दाहार कब्जा गरेको घोषणा गरे पनि त्यसको पुष्टि भने भने हुन बाँकी छ । मुलुकको व्यापारिक केन्द्र कान्दाहारमाथि कब्जा गर्नुलाई तालिबानले ठूलो उपलब्धिको रुपमा लिएका छन ।
रणनीतिक महत्वको शहर कान्दहारमा अन्तर्राष्ट्रिय विमानस्थल समेत रहेको छ । बिहीबार तालिबानले मुख्य सहरहरू गज्नी र हेरातमाथि नियन्त्रण कायम गरेको दाबी गरेको थियो । दक्षिणी हेल्मन्ड प्रान्तको राजधानी लश्कर गाहलाई पनि तालिबानले नियन्त्रणमा लिएको बताइएको छ । पछिल्लो समय तालिबान लडाकु राजधानी काबुलतर्फ अगाडि बढ्न थालेको छ । तालिबान आक्रमक रूपमा अघि बढ्न थालेपछि धेरैले चिन्ता प्रकट गरेका छन् । तालिबानले हालसम्म देशको एक तिहाइ भू–भागमा आफ्नो नियन्त्रण कायम गरेको बताइएको छ ।
अमेरिकी नेतृत्वको विदेशी सेनाले २० वर्षको सैन्य अभियान अन्त्य गरे लगत्तै अफगानिस्तानमा हिंसा चर्केको छ । अफगानिस्तानमा सरकारी वार्ता टोलीले तालिवानसँग सत्ता साझेदारीको प्रस्ताव गरेको छ । शान्ति स्थापनाका लागि सरकारले तालिवान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको हो । दोहामा भएको एउटा वार्तापछि अमेरिका, रुस र चीनसहित विश्व शक्ति राष्ट्रहरूले सशस्त्र गतिविधिबाट काबुलको सत्तामा आउने कुनै पनि शक्तिलाई आफूहरूले मान्यता नदिने जनाएका छन । उनीहरूले अफगानिस्तानमा शान्ति प्रक्रियालाई तीव्र बनाउन आह्वान गरेका छन ।
News Desk 0 response शुक्रबार, साउन २९, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३