• नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठ अगाडि कांग्रेसका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन् । १४ औं महाधिवेशन समयमै गर्न माग गर्दै नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् । उनीहरूले नेपालको संविधान र पार्टी विधान समेत सभापति देउवासहितका शीर्ष नेतालाई बुझाएका छन । समयसीमा भित्रै महाधिवेशन गर्न नेतृत्वलाई दवाव दिने उद्देश्यले प्रदर्शन गरिएको नेता रञ्जित कर्णले जानकारी दिए ।

    महाधिवेशनका बारेमा निर्णय गर्नका लागि सभापति देउवा निवासमा कांग्रेसको केन्द्रीय समिति चलिरहेको छ । विधानअनुसार देउवाको कार्यकाल भदौ २३ मा सकिँदैछ ।

4565