• नेपाली कांग्रेसको केन्द्रीय कमिटीको बैठकमा तीनवटा प्रतिवेदन पेश भएका छन् । प्रधानमन्त्री एंव कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी बैठकमा आसन्न महाधिवेशनको कार्यतालिका भने पेस भएको छैन् । निर्वाचन समितिले बनाएको निर्देशिका महामन्त्री पुर्णबहादुर खड्काले पेश गरेका छन् । यस्तै, समायोजन समितिको प्रतिवेदन उपसभापति विमलेन्द्र निधिले पेश गरेका छन् भने क्रियाशिल छानबिन समितिको प्रतिवेदन छानबिन समितिका संयोजक रमेश लेखकले पेश गरेका छन् ।

    महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेको प्रस्तावमा केन्द्रीय सदस्यहरूको सुझाव र निर्णयबाट कार्यतालिका बनाउने भनिएको छ । आजको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकामा निर्णय हुने बताइएको थियो । यसअघि हिजो बेलुका भदौमै महाधिवेशन सम्भव नभएको निष्कर्षसहित महाधिवेशन सार्न शीर्ष नेताहरू सहमत भएका थिए । सभापति देउवाले कोजाग्रत पूर्णिमालगत्तै वडा अधिवेशन शुरू गरेर मंसिरमा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । पौडेल पक्षले भने संवैधानिक अवरोध हुनसक्ने भएकोले भदौ २३ भित्रै तल्लो तहको अधिवेशन शुरू गरेर असोजमै महाधिवेशन सक्नुपर्ने अडान राख्दै आएको छ ।

4565