• सभामुख अग्नि सापकोटाले दार्चुला घटनाबारे यथार्थ जानकारी दिन सरकारलाई रुलिङ गरेका छन् । दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको सत्य तथ्य पत्ता लगाइ यथार्थ जानकारी दिन सभामुख सापकोटाले रुलिङ गरेका हुन् । सभामुख सापकोटाले सो घटनाका बारेमा संसदको पनि गम्भीर ध्यानाकर्षण भएको बताए ।

    सांसदहरुले निरन्तर प्रतिनिधिसभाको बैठकमा सो घटनाको बारेमा यथार्थ जानकारी दिन माग गर्दै व्यापक विरोध गरेपछि आज सभामुखले रुलिङ गरेका हुन् । गृह मन्त्रालयले गत आइतबार दार्चुला घटना छानबिन गर्न सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । छानबिन समितिले दार्चुलामा अध्ययन गरेर फर्केको छ । १० दिनको समय दिएर गृह मन्त्रालयले छानबिन समितिलाई खटाएको थियो ।

4565