• अमेरिकी टेलिभिजन च्यानल सिएनएनले कोरोना भाइरस विरूद्धको खोप नलगाइ कार्यालय पुगेका तीन जना कर्मचारीलाई सेवाबाट वर्खास्त गरेको छ । कम्पनीका अध्यक्ष जेफ जुकरले अरू कर्मचारीलाई पनि कार्यालयमा आउन खोप अनिवार्य लगाउनु पर्ने चेतावनी दिएका छन् ।

    सेवाबाट वर्खास्त गरिएका कर्मचारीको नाम भने गोप्य राखिएको छ । सिएनएनले कोरोना खोप नलगाउनेविरूद्ध शुन्य सहनशीलताको नीति लिएको जुकरको भनाइ छ । ससएनएनका धेरैजसो कार्यालयहरू स्वेच्छिक रूपमा आउने कर्मचारीहरूका लागि खुलिसकेका छन् ।

    एटलान्टा, वासिङ्टन, लस एन्जलसमा भएका कार्यालयमा मास्क अनिवार्य गरिएको छ । यसअघि सिएनएनले सेप्टेम्बरदेखि सबै कर्मचारी अफिस आउने योजना बनाएको थियो । पछिल्लो समय कोरोना भाइरसको संक्रमण फेरि बढेपछि सिएनएनको योजना पछि धकेलिएको थियो । अमेरिकामा कोरोना विरूद्धको खोप सर्वसुलभ भए पनि मानिसहरूले खोप लगाउन मानिरहेका छैनन् । राष्ट्रपति जो बाइडेनले खोप लगाउनेलाई एक सय डलरका दरले रकम दिन भनेका छन् ।

4565