-
अफगानिस्तानका तालिबान विद्रोहीले सरकारको सञ्चार तथा सूचना केन्द्रका निर्देशकको हत्या गरेका छन् । तालिबानीहरुले शुक्रबार निर्देशक दावा खानको राजधानी काबुलमा आक्रमण गरेका हुन् । टोलो न्युजका अनुसार दारुल अमान सडकमा बन्दुकधारीहरुले उनीमाथि गोली हानेका छन् ।
पछिल्लो समय तालिवानले अफगान सरकारका उच्च अधिकारीहरुलाई निशाना बनाइरहेको छ । यसअघि बुधबार तालिवानले अफगानिस्तानका रक्षामन्त्रीको काबुलस्थित घरमा पनि आक्रमण गरेको थियो । तालिवानी लडाकुहरुले मुलुकका दुर्गम क्षेत्रमा रहेका भूभागहरु कब्जा गरेपछि अहिले प्रमुख शहरमा आक्रमण गरिरहेका छन् ।
उनीहरुले दक्षिणतर्फको कन्दहर शहर, आर्थिक रुपमा महत्वपूर्ण मानिएको हेरात र हेल्मन्ड प्रान्तको राजधानी लस्कर गाहमा आक्रमण गरिरहेका छन् । यसैबीच अफगानिस्तानको आन्तरिक मन्त्रालयका प्रवक्ताले तालिबानी आतंककारीहरुले पुनः एकपटक कायरतापूर्ण कार्य गरेको र राष्ट्रवादी अफगानीले सहादत प्राप्त गर्नु परेको प्रतिक्रिया दिएका छन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पनि अफगानिस्तानको बिग्रँदो अवस्थाबारे खुला छलफल गर्नका लागि शुक्रबार नै बैठक बोलाएको छ ।
News Desk 0 response शुक्रबार, साउन २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३