• नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अगामी भदौमा १४ औं महाधिवेशन सम्भव नरहेको बताएका छन् । शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनको विषयका कारण महाधिवेशन सम्भव नरहेको बताएका हुन । आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुने उनको भनाइ छ ।

    पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको भन्दै महामन्त्री कोइरालाले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुंग्याउनुपर्ने बताए । उनले आफू मन्त्रिमण्डलमा सहभागी नहुने र बाहिर बसेर सरकारलाई सहयोग गर्ने पनि बताए ।

4565