• विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले सेप्टेम्बरसम्म बुस्टर डोजलाई रोक्न आग्रह गरेको छ । धनी तथा पहुँच वाला देशले कोरोना विरुद्धको खोपको तेस्रो डोज अर्थात बुस्टर डोज लगाउने तयारी गरिरहेका बेला डब्ल्यूएचओले यस्तो आग्रह गरेको हो ।

    डब्लुएचओका महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेब्रेसियससले बुस्टर डोजले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्छ भन्ने कुनै पुष्टि नभएकाले हतार नगर्न आग्रह गरेका हुन । विश्वमा अहिले कोरोनाको डेल्टा भेरियन्टको सङ्क्रमण फैलिँदै गएपछि बुस्टर डोजमा धनी राष्ट्रहरुको ध्यान केन्द्रित गरेको समयमा डब्लुएचओको पछिल्लो भनाइ सार्वजनिक भएको हो ।

    इजरायल, जर्मनीलगायत केही देशले बुस्टर डोज लगाउने योजना समेत सार्वजनिक गरिसकेका छन । तर हैटी, कङ्गोका नागरिकले अहिलेसम्म खोपको दोस्रो डोज पनि नपाएको डब्लुएचओले जनाएको छ ।

    डब्ल्यूएचओले धनी र गरिब देशबीच कोरोनाविरुद्धको खोपको पहुँचमा ठूलो अन्तर देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले आयस्रोत कम भएका गरिब देश खोपको आपूर्ति गर्न नसक्दा समस्यामा परेको जनाएको छ । आउँदो सेप्टेम्बरसम्ममा गरिब देशका १० प्रतिशत नागरिकलाई खोप वितरणका लागि सहयोग गर्न पनि उसले आग्रह गरेको छ ।

4565