• स्रोत नखुलेको भारतीय र नेपाली रुपैयाँसहित नवलपरासीमा दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दघाट नगरपालिका भटौलियाबाट ३२ लाख ९० हजार रुपैयाँसहित दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा भारत महाराजगञ्ज ठूठीबारी ग्राम पञ्चायत मर्चवारका २७ वर्षीय समिर खान र पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–२ का ३५ वर्षीय योगेन्द्र यादव रहेका छन ।

    उनीहरूको साथवाट ९ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँ बरामद भएको छ । पक्राउ परेका युवाले ठूठीबारीस्थित जयसवाल बस्त्रायका साहुले बर्दघाट छाड्न पठाएको बताएका छन् । सो कम के प्रयोजनका लागि पठाइएको भन्नेबारे ठोस प्रमाण फेला नपरेपछि प्रहरीले पक्राउ गरेको हो । सीमावर्ती बजारहरुमा अहिले भारतीय रुपैयाँको कारोबार बढेकाले नेपाली बजारमा भारतबाट अवैध रुपमा रकम पठाउने गरिन्छ ।

4565