• लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । आज विपक्षी गठवन्धनका ३४ सांसदको हस्ताक्षरसहित प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराइएको हो ।

    विपक्षी गठवन्धनले अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग समेत गरेको छ । गठबन्धनले नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका सांसद् कुलप्रसाद केसीलाई प्रस्ताव गरेको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितको गठबन्धन छ ।

    यसअघि पनि लुम्बिनीका विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाले दुई पटक अविश्वासको प्रस्ताव दर्ता गराइसकेको थिए । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षीहरुले वैशाख ६ गते पहिलोपटक र वैशाख २६ गते दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । विपक्षी गठवन्धनले सोमबार बहुमतीय सरकार गठनका लागि ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाएका थिए ।

4565