-
अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघको मुख्य परिसरमा आक्रमण भएको छ । घटनामा परी एक प्रहरी र राष्ट्र संघका केही कर्मचारी घाइते भएका छन् । अफगानिस्तानको हेरातस्थित राष्ट्रसंघको मुख्य परिसरमा सरकारविरोधी तत्वले आक्रमण गरेको संयुक्त राष्ट्रसंघ सहायता मिसनले जनाएको छ ।
घटनाको राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले निन्दा गरेका छन् । संयुक्त राष्ट्रसङ्घको कार्यालय र यसका कर्मचारीप्रतिको आक्रमण अन्तर्राष्ट्रिय कानूनबमोजिम पनि निषेधित रहेको भन्दै महासचिव गुटेरेसले घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।
२० वर्षदेखि रहेको अमेरिकी सेना अफगानिस्तानबाट स्वेदश फिर्ता हुन थालेदेखि नै गत मे महिनादेखि तालिवानी लडाकूहरुले आफ्ना सैन्य गतिविधिलाई तीव्र पारेका छन् । तालिवानहरुले देशका दुई तिहाइ भागमा आफ्नो नियन्त्रण रहेको बताउँदै आएका छन् । अफगान सरकारले तालिवानविरुद्धको कारवाही जारी राख्न ६० हजारभन्दा बढी सेना परिचालन गरेको जनाएको छ । तालिवानको सशस्त्र गतिविधिका कारण हजारौं नागरिक विस्थापित भएका छन ।
News Desk 0 response शनिबार, साउन १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३