• नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सरकार सम्पूर्ण शक्ति परिचालन गरेको दावी गरेका छन । उपसभापति निधिले जहाँबाट ल्याएर भएपनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिवद्ध भएर लागि परेको बताए । शनिबार काठमाडांैको त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रममा उनले कोरोनाको तेस्रो लहर आउन नदिन पनि सरकार आवश्यक तयारीमा जुटेको बताए ।

    उपसभापति निधिले कोरोनाबाट मुक्ति पाउने उपायको खोजी गर्न आयुर्वेद चिकित्सकलाई आग्रह समेत गरे । उनले जनताको जीवन रक्षा गर्ने कुरा पहिलो प्राथमिकतामा रहेकाले यसमा आयुर्वेद चिकित्सकहरुले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

4565