-
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना संक्रमण नियन्त्रणका लागि नयाँ नियम घोषणा गरेका छन । खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्नका निम्ति खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति एक सय डलर रकम दिन समेत उनले आह्वान गरेका छन ।
सो रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गत रहेको १ दशमलब ९ ट्रिलियनको कोषबाट प्रयोग गर्न सक्ने बताइएको छ । बाइडेनले संघीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन जारी गरेका छन । बाइडेनले खोप लगाउन कामदारलाई समय दिने साना र मझौला व्यवसायमा त्यसबाट पुगेको आर्थिक क्षतिको संघीय सरकारले परिपूर्ति गरिदिने बताए । उनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । अनिवार्य परीक्षणको सामना गर्नुका साथै मास्क लगाउन तयार समेत हुनुपर्नेछ ।
हालसम्म अमेरिकामा आधा जनसंख्याले मात्र खोपको पूरा मात्रा लिएका छन । बाइडेनले बढी संक्रामक डेल्टा भेरिएन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको बताए । सो भेरिएन्टले खोप नलगाएकाहरूमा महामारी निम्त्याएको उनको भनाइ छ । एउटा अध्ययनले अमेरिकामा ९९ प्रतिशत कोभिडसम्बन्धी मृत्यु खोप नलगाएका व्यक्तिमा देखाएको छ । अमेरिकामा प्रतिहप्ता करिब दुई हजार व्यक्तिको कोरोनाका कारण मृत्यु भैरहेको छ । दैनिक सङ्क्रमण दर पनि ६० हजारसम्म पुगेको छ ।
News Desk 0 response शुक्रबार, साउन १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३