-
लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टी जसपा नेपालकाका तीन जना मन्त्री सांसदबाट पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार जारी गरेको सूचनामा सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको उल्लेख गरिएको छ । पार्टीले पत्र पठाएपछि प्रदेश सभाले उनीहरुको पद खारेज गरेको हो ।
सांसदबाट पदमुक्त भएका तीनै जना शंकर पोखरेलको नेतृत्वको सरकारलाई समर्थन गर्दै मन्त्री बनेका थिए । उनीहरु मन्त्री बनेदेखि जसपा भित्रको विवाद बाहिर आएको थियो । लुम्बिनी प्रदेशमा जसपाका ६ जना सांसद रहेका छन । जसमा एमालेको सरकारलाई समर्थन गर्दै तीन जना मन्त्री बनेका थिए भने ३ जना विपक्षी गठबन्धन दलतिर लागेका छन् । जसपाको केन्द्रको विवादको टुंगो नलाग्दै उपेन्द्र यादव पक्षले यी तीन जनालाई कारवाही गरेको थियो ।
त्यसपछि उनीहरु सर्वोच्च अदालतमा गएर पुनर्वहाली भएका थिए । तर अहिले यादवले पार्र्टीको आधिकारिकता प्राप्त गरेपछि पार्टीको निर्देशन नमानेको भन्दै पार्टीले फेरी कारवाही गरेको पत्र प्रदेश सभामा पत्र पठाएको थियो । सोही पत्रका आधारमा लुम्बिनी प्रदेश सभाले शुक्रबार कारवाही गरेको हो । तर उनीहरुको मुद्दा अहिले पनि अदालतमा विचाराधीन नै रहेको छ ।
News Desk 0 response शुक्रबार, साउन १५, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





