-
उत्तर र दक्षिण कोरियाबीच सोझै टेलिफोन सम्पर्क स्थापित गर्ने गरी ‘हटलाइन’ सुरु भएको छ । दुई मुलुकका शीर्ष नेतृत्वबीच विश्वासको वातावरण बनाउने तथा सम्बन्ध सुधार गर्ने उद्देश्यले सो ‘हटलाइन’ पुनः सुचारु गरिएको हो ।
यसअघि सञ्चालनमा रहेको उक्त ‘हटलाइन’ उत्तर कोरियाले गत वर्षको जुनमा काटेको थियो । उच्चस्तरीय वार्ता असफल भएपछि सम्बन्ध बिग्रिएका बेला उत्तर कोरियाले उक्त फोन काटेको थियो । त्यसपछि उत्तर कोरियाले दुई मुलुकबीच सञ्चार गर्न सघाउने उद्देश्यले सीमामा निर्मित एउटा कार्यालय पनि ध्वस्त पारेको थियो । दक्षिण कोरियाको राजधानी सोलस्थित राष्ट्रपतिको कार्यालय ‘ब्लू हाउस’ले पनि दुई मुलुकबीचको ‘हटलाइन’ सञ्चालनमा आएको पुष्टि गरेको छ ।
‘हटलाइन’ सञ्चालनमा आउनुपूर्व उत्तर र दक्षिण कोरियाली नेताहरुबीच गएको अप्रिलदेखि निरन्तर संवाद तथा पत्राचार भएको पनि ब्लू हाउसले जनाएको छ । उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएले दुवै मुुलुकको नेतृत्वले आपसी विश्वास पुनस्र्थापित गर्न तथा मेलमिलाप प्रवद्र्धन गर्न महत्वपूर्ण कदम थाल्ने सहमति गरेको बताएको छ । उसले ‘हटलाइन’ स्थापना गरिएपछि मंलगबार नै दुवै मुलुकका प्रतिनिधिबीच तीन मिनेट फोनमा कुराकानी भएको जानकारी पनि दिएको छ । अबदेखि प्रत्येक दिन ‘हटलाइन’मार्फत दुई मुलुकका प्रतिनिधिबीच संवाद हुने पनि बताइएको छ ।
यसैबीच दक्षिण कोरियाली प्रतिनिधिले लामो समयपछि उत्तर कोरियाली प्रतिनिधिसँग संवाद गर्न पाउँदा खुशी महशुष गरेको प्रतिक्रिया दिएका छन् । दक्षिण कोरियाका राष्ट्रपति मून जाय इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच सन् २०१८ मा तीन पटक भेटघाट भएको थियो । त्यो बेला दुवै कोरियाबीचको सम्बन्धमा सुधारिएको बताइन्थ्यो । तर उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच दोस्रो शिखर बैठक विफल भएपछि उत्तर र दक्षिण कोरियाको सम्बन्धमा तिक्तता आएको थियो ।
News Desk 0 response मङ्लबार, साउन १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३