• नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले नेकपा एमालेको एकतालाई कसैले पनि रोक्न नसक्ने बताएका छन । गृह जिल्ला गुल्मीमा आयोजित कार्यक्रममा उनले पार्टी एकता कसैले चाहेर पनि रोक्न नसक्ने बताएका हुन ।

    कार्यदलले तयार गरेको दश बुँदे कार्यदिशा अनुसार एकता प्रक्रिया अघि बढने नेता ज्ञवालीको भनाइ छ । केही नेताहरु पार्टीमा बस्न नसक्ने ठाँउमा पुगिसकेको भएपनि सबै कमि कमजोरीहरुलाई बिर्सेर पाटि एक ढिक्का भएर अघि बढने नेता ज्ञवालीको भनाइ छ ।

    उनले केही व्यक्तिले पार्टीलाई कमजोर बनाउदै गठबन्धन सरकारसँग सहयात्रा गर्दै हिडेको आरोप लगाए । नेता ज्ञवालीले वर्तमान सरकार निर्माण हुनुमा पनि नेकपा भित्रका केही ठूला नेताहरुको मुख्य भुमिका रहेको बताए । नयाँ सरकार गठन सम्बन्धि अदालतको पछिल्लो फैसलाले आम जनतामा थप दुबिधा उत्पन्न गराएको उनले बताए ।

4565