• नेपाली कांग्रेसले साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित गरेको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले समय अभाव र कोरोना संक्रमणका कारण पूर्वनिर्धारित वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । केन्द्रिय महाधिवेशनको मिति नसर्ने गरि वडा तहको अधिवेशनलाई स्थगन गर्ने निर्णय पदाधिकारी बैठकले गरेको हो ।

    आगामी मंगलबार क्रियाशिल सदस्यता छानविन समितिले प्रतिवेदन हस्तान्तरण गर्ने र त्यसपछि मात्रै वडा तह अधिवेशनको नयाँ मिति तय हुने कांग्रेस नेताहरुले बताएका छन । अधिकांश क्रियाशिल सदस्यता विवाद समाधान भइसकेको र केही स्थानको टुंगिन बाँकी रहेको कांग्रेसले जनाएको छ । प्रतिवेदन हस्तान्तरण गर्नुपूर्व सवै स्थानको क्रियाशिल विवाद समाधान हुने कांग्रेसको भनाइ छ ।

    बैठकमा पार्टी सभापति देउवाले क्रियाशिल सदस्यता विवाद छिटो टुङ्ग्याउन निर्देशन दिएका थिए । वडा तहको अधिवेशन केही पछि सरेपनि भदौमा तोकिएको पार्टीको केन्द्रीय महाधिवेशनको कार्यतालिका भने प्रभावित नहुने कांग्रेसले जनाएको छ ।

4565