-
नेकपा एमालेका नेता माधवकुमार नेपालले अपमान सहेर बस्न नसकिने बताएका छन । ४३ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेता नेपालले आफूलाई पार्टीभित्रका विभिन्न घाउखटिराले दुःख दिँदै आएको भन्दै सहेर नबस्ने चेतावनी दिएका हुन । नेता नेपालले आफूले बनाएको घर त्यसै छाडेर जाने चाहना नहुने तर अपमान सहेर, गलत कुरा सहेर बस्न नसकिने स्पष्ट पारे ।
नेता नेपालले अध्यक्ष ओलीतिर संकेत गर्दै अरुको अपमान गर्नेले आफ्नो मानसम्मान पनि कायम राख्न नसक्ने बताए । बरन्डामा ऊफ्रिने र बाँदर जुलुसको नाटक कम्युनिष्ट चरित्र नभएको उनको भनाइ छ ।
नेता नेपालले चुनौतीबीच नै व्यक्तिको परीक्षण हुनेपनि स्पष्ट पारे । कम्युनिष्टको नाम र झण्डा दुरुपयोग गर्नु नहुने बताउँदै उनले चुनौैतीबाटै खारिएर कम्युनिस्ट राजनीति गर्नुपर्ने उल्लेख गरे । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष समेत रहेका नेपालले पुष्पलाल श्रेष्ठको जीवनी ‘नेपाल रत्न पुष्पलाल’को विमोचन गरेका थिए ।
News Desk 0 response बिहिबार, साउन ७, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





