-
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन पनि पेगासस स्पाइवेयरको निगरानीमा रहेको दाबी गरिएको छ । इजरायलको एनएसओ कम्पनीले निर्माण गरेको पेगासस स्पाइवेयरमार्फत विश्वभरका पत्रकार, राजनीतिक नेता तथा व्यवसायीसम्बन्धी गोप्य सूचना संकलन गरिरहेको आरोप लागेको केही दिनमै राष्ट्रपति म्याक्रोन पनि निगरानीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेका हुन् ।
यद्यपी यो खबरको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ । फ्रान्सेली पत्रिका ले मुण्डले मोरक्कोको गुप्तचर सेवाले राष्ट्रपति म्याक्रोनले सन् २०१७ देखि प्रयोग गर्दै आएको फोनको निगरानी गरिरहेको बताएको हो । यता मोरक्कोले पेगासस स्पाइवेयर उत्पादक एनएसओको ग्राहक आफू नरहेको दाबी गरेको छ । फ्रान्सेली राष्ट्रपति म्याक्रोँले खबरमा आएको कुरा सत्य भएमा त्यो निकै गम्भीर हुने बताएका छन् । टेलिफोन ह्याक गरि निगरानी गर्न मिल्ने पेगासस स्पाइवेयर एनएसओले विभिन्न देशका सरकार, सैनिक तथा प्रहरीसहितलाई बेच्ने गरेको छ ।
एनएसओले आफूले कुनै पनि प्रकारको खराब काम नगरेको दाबी गरेको छ । उसले आपराधिक गतिविधि नियन्त्रणका लागि बनाइएको स्पाइवेयर सेना, प्रहरी र गुप्तचर निकायलाई मात्र उपलब्ध गराइएको जनाएको छ । पेगासस स्पाइवेयरको प्रयोग गरि विभिन्न क्षेत्रका व्यक्तिहरुको ५० हजारको हाराहारीमा फोन नम्बरहरुको सूचि इजरायली कम्पनी एनएसओले आफ्ना क्लाइन्टहरुलाई बेचेको खबर आइतबार द वासिङ्गटन पोस्ट, द गार्डियन, ले मुण्डसहित विश्वका अन्य १४ वटा ठूला सञ्चारमाध्यमले प्रकाशित गरेका थिए ।
News Desk 0 response बुधबार, साउन ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३