• लागु औषध नियन्त्रण व्युरो काठमाण्डौंको टोलले हेटौंडा आएर अफिम जस्तो देखिने पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा ठुलो मात्रामा अफिम समाउन आएको प्रहरी टोलीले अफिम जस्तो पदार्थ सहित बकैया गाउँपालिका ५ का ४४ बर्षिय रत्न भुलुनलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरसँगको समन्वयमा लागु औषध नियन्त्रण व्युरोकय प्रहरी नायब उपरिक्षक योगेन्द्र कुमार खड्काको टोलीले हेटौंडा–२ संगमचोकबाट ५ किलो ७०० ग्राम अफिम जस्तो देखिने कालो पदार्थ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    भुलनले पिठ्युमा बोकेको कालो रंगको झोला खानतलास गर्दा झोला भित्र रातो र सेतो रंगको प्लाष्टिकको पोकामा अफिम जस्तो कालो पदार्थ फेला परेको बताइएको छ । पक्राउ परेका उेनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको र उनी माथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । व्युरोको टोलीले बिशेष सुचनाको आधा पक्राउ गरेको लागु औषध पहिचान हुन नसकेको बताइएको छ ।

4565