-
एमालेका उपाध्यक्ष वामदेव गौतमले अर्का उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिनु अनुपयुक्त भएको बताएका छन् । संसद भवन परिसरमा आइतबार पत्रकारसँग कुरा गर्दै उनले सरकारलाई विश्वासको मत दिने सवालमा अदालतले स्वविवेकीय अधिकार प्रदान गरिसकेपछि कसैले राजीनामा दिइरहनु नपर्ने बताएका हुन । संवैधानिक इजलासको निर्णय संविधान संशोधनसरह नै हुने गौतमको भनाइ छ ।
अदालतले संसदभित्र मतदानमा स्वविवेकीय निर्णय गर्न पाउने भनेर सुनाएको फैसलालाई उपाध्यक्ष गौतमले लोकतान्त्रिक संस्कृतिको उच्चतम रुप भएको जिकिर गरे । पार्टीको निर्णय मान्ने भए सरकारको विपक्षमा मतदान गर्ने, नमान्ने भए पक्षमा मतदान गर्ने गौतमको भनाइ थियो । सरकारको पक्षमा मतदान गर्नेहरू पार्टीमा नरहने भनेर एमाले स्थायी कमिटीले गरेको निर्णयबाट कोही डराउनु नपर्नेपनि गौतमले बताए ।
News Desk 0 response आइतवार, साउन ३, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





