-
जिल्लाको २ स्थानबाट हतियार सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार वाणगंगा नगरपालिका वडा नं. ८ बाट हतियार सहित ३ जना र कपिलवस्तु नगरपालिका वडा नं। ११ जहदीबाट १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा वाणगंगा नगरपालिका वडा नं. ८ मोर्मीका २५ वर्षीय गुन बहादुर राना, ४१ वर्षीय गोपाल थापा मगर, ४७ वर्षीय मिन बहादुर सेन र ५१ वर्षीय टिका बहादुर थापा भरुवा बन्दुक सहित पक्राउ परेका छन् । उनीहरुबाट ४ थान भरुवा वन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसै गरी कपिलवस्तु नगरपालिका वडा नं. ११ जहदीबाट स्थानीय ३६ वर्षीय मन्नु भन्ने मतेश्वर यादवलाई अमेरिक पेस्तोल १ थान र ४ राउण्ड गोली सहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।
पक्राउ परेका ५ जनालाई आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । पक्राउ परेका ५ जना उपर हातहतियार तथा खरखजाना मुद्धा दर्ता गरी थप अनुसन्धान प्रक्रिया बढाईएको प्रहरी उपरीक्षक डिबी कार्कीले बताए । जिल्ला अपराध नियनत्रण र शान्ति सुरक्षा कायम गर्नमा कुनै कसर बांकी राख्दिन, प्रहरी उपरीक्षक कार्कीले भने, “खुला सीमाना भएका कारण अपराधहरु घट्न सक्ने भएका कारण यस तर्फ पनि जिल्लाको प्रहरी संगठनलाई चनाखो अवस्थामा राखेका छौं ।”
News Desk 0 response आइतवार, साउन ३, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३