• नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । करिब एक घण्टा भएको भेटमा दुई नेताबीच आइतवारदेखि सुरु हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले लिने विश्वासको मतमा कसरी प्रस्तुत हुने र सरकारमा नेपाल पक्ष सहभागी हुने विषयमा कुराकानी भएको बताइएको छ ।

    दाहालले सरकारमा सहभागिताका विषयमा नेता नेपाललाई सोधेका थिए । जवाफमा नेपालले पार्टीभित्रको विवाद मिलाउन पहल भइरहेकाले तत्कालै त्यसबारे निर्णयमा पुगि नसकेको बताइएको छ । यद्यपि असार २८ को सर्वोच्चको परमादेशपछि सत्ताबाट बाहिरिएका एमाले अध्यक्ष केपी ओलीले अब नेता नेपालका लागि पार्टीमा कुनै ठाउँ नरहेको बताइसकेका छन् ।

4565