-
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओको इमरजेन्सी कमिटीले कोरोनाको अझै खतरनाक भेरियन्ट फैलने र यसलाई रोक्न निकै मुस्किल हुने बताएको बीबीसीले जनाएको छ ।
कोरोनाको सङ्क्रमण केही कम भएसँगै विश्वमा कोरोनाको महामारी सकिन लागेको भन्दै गलत हल्ला फैलाउन थालिएकाले यसप्रति सचेत रहन पनि डब्ल्यूएचओको आग्रह छ । डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एड्नाम ग्रेब्रिसियसले कोरोनाको महामारी तत्काल मत्थर नहुने प्रष्ट पारेका छन् ।
विश्वमा अहिले १८ करोड ९६ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने कोरोनाका कारण ४० लाख ८२ हजारभन्दा धेरैको ज्यान गएको छ । कोरोना विरुद्धको खोप लगाए, बेलाबेलामा साबुन पानीले हात धोए, मास्कको अनिवार्य प्रयोग गरे र भौतिक दूरी कायम गरे मात्रै सङ्क्रमणबाट बच्न सकिने विज्ञले बताएका छन् ।
News Desk 0 response शुक्रबार, साउन १, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३