-
नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आर्थिक वर्ष २०७८÷७९ को बजेट कार्यान्वयनका सम्बन्धमा विज्ञहरुसँग छलफल गरेर निर्णय लिने बताएका छन । बुधबार गृहमन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री खाँडले केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटका सम्बन्धमा सरकारले विज्ञ र प्रशासकहरुसँग सल्लाह गरी निर्णय लिने बताएका हुन । उनले बजेटको अध्ययन गरी संवैधानिक र कानुनी अवस्थालाई ध्यानमा राखेर निर्णय लिने बताए ।
मन्त्री खाँडले कोरोना विरुद्ध अग्रपंक्तिमा खट्ने व्यक्तिहरुको सुरक्षा र प्रोत्साहनका लागि सरकारले प्रथमिकता दिने बताए । उनले व्यवस्थापिका संसदमा ओली सरकारले ल्याएका अध्यादेशहरुबारे छलफल गरेर निष्कर्ष निकालिने समेत बताए ।
मन्त्री खाँडले केन्द्रीय विपत व्यवस्थापन कोष मार्फत् पूर्वी नवलपरासी जिल्लामा बाढीपहिरोबाट क्षति भएकाहरुलाई राहत दिन २० लाख रुपैयाँ पठाउने फाइलमा पहिलो हस्ताक्षर गरेका थिए ।
News Desk 0 response बुधबार, असार ३०, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





