• गण्डकी प्रदेश सभाबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीकाबीच आगामी आर्थिक बर्षको बजेट पारित भएको छ । बुधबार सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरु आक्रोशित बनेका थिए ।

    पर्याप्त छलफल विना नै बलमिच्याईं ढंगले विधेयक पास गर्न लागेको भन्दै एमालेका सांसदहरु आक्रोशित बनेका हुन् । एमाले सांसदहरुले रोष्टम घेराउ गरेर मुख्यमन्त्री पोखरेललाई रोक्ने प्रयास गरेका थिए । तर पोखरेलले अवरोधकाबीच पनि बजेट पारित गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए । यसपछि मार्सल लगाएर बजेट पास गराउन खोजिएको भन्दै एमाले सांसदहरुले नाराबाजी गर्दै सदन बहिष्कार गरेका थिए । उनीहरु बाहिरिएपनि सभामुखले सदन अघि बढाएपछि निर्णयार्थ पेश भएको विनियोजन विधेयक पास भएको हो ।

4565