• भारतको केरलामा जिका भाइरस संक्रमित बिरामी फेला परेका छन् । केरला राज्यका १४ जनामा जिका संक्रमण पुष्टि भइसकेको छ । जिका लामखुट्टेबाट मानिसमा फैलिने प्राणघातक रोग हो ।

    जिका संक्रमण फैलिएको पुष्टि भएपछि त्यहाँका अधिकारीहरुले आफ्ना नागरिकलाई सचेत गराएका छन् । केरलाकी स्वास्थ्यमन्त्री भिना जर्जले केरलाको त्रिवेन्द्रममा जिका संक्रमित बिरामी भेटिएको पुष्टि गरेकी छन् । सन् २०१६–२०१७ मा गुजरातमा जिका भाइरस प्रकोपको रुपमा फैलिएको थियो ।

    पहिलो पटक केरलामा २४ वर्षीया गर्भवती महिलामा यो भाइरस देखिएको हो । उच्च ज्वरोसहित टाउको दुख्ने तथा रातो बिबिरा आउने लक्षणसहित उनी त्रिवेन्द्रमको अस्पतालमा २८ जुनमा भर्ना भएकी थिइन् । परीक्षणका क्रममा उनमा जिका संक्रमण पुष्टि भएको हो ।

    मनसुनी वर्षाको बेला जिका भाइरस संक्रमण फैलिन जोखिम बढी हुन्छ । यसबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने विज्ञहरुले बताएका छन् । केरलाका स्वास्थ्य सचिव डा.राज खोब्रागेडले संक्रमण देखिएका ठाउँहरुमा उच्च निगरानी बढाएको बताए। जिका भाइरस एडिस एजेप्टी नामक लामुखट्टेको टोकाइबाट फैलने भाइरस हो। जिकाको प्रकोप ब्राजिलबाट सुरू भएको मानिन्छ। गर्भवतीमा यसको संक्रमण भए शिशु असामान्य रूपले सानो टाउको सहित जन्मिने चिकित्सकहरु बताउँछन् ।

4565