• नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । दाहालले देउवालाई बुढानीलकण्ठस्थित उनकै निवासमा पुगेर भेटेका हुन् ।

    शनिबार एमाले एकता दस्तावेज सार्वजनिक हुने दावी कार्यदलका सदस्यहरुले गरेका बेला दाहालले सक्रियता बढाएका हुन् । दाहालले सवा तीन बजेदेखि झण्डै ४५ मिनेट देउवासँग छलफल गरेका थिए । यसभन्दा अघि दाहालले कोटेश्वरमा ११ः०० बजेदेखि करिब एक घण्टा माधवकुमार नेपालसँग भेट गरेका थिए ।

    देउवा, दाहाल र नेपाल सरकार विरुद्धको विपक्षी मोर्चामा छन् । विपक्षी मोर्चाका तर्फबाट कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर गरिएको रिटमा सर्वोच्चले असार २८ गते फैसला सुनाउँदै छ । त्यो अगाडि नै एमाले एकताका लागि गठित कार्यदलले पार्टी एकताको खाका तयार पारेको बताइएका बेला दाहालले नेपाल र देउवासंग भेट गरेका हुन् ।

4565