• नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीका भ्रमपुर्ण र चेतावनीयुक्त विचारहरु लिखित रुपमा र मौखिक रुपमा सार्वजनिक भईरहेको उल्लेख गर्दै न्यायालयको आदेशलाई सबैले मान्नुपर्ने तर्फ सचेत गराएका छन् ।

    शर्माले संचारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री केपी ओलीले अहंकारको जगमा उभिएर अदालतलाई जवाफ दिएको टिप्पणी गरे । संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको भएको भन्दै शर्माले संविधान अनुसार आदेश गर्ने अदालतलाई प्रधामन्त्रीले संविधान विपरित भएको भनी टिप्पणी गर्नु अहंकारीपन भएको दाबी गरे ।

    प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले गरेको मन्त्रीमण्डल पुर्नगठन विरुद्धको मुद्धामा सर्वोच्चको आदेश अनुसार लिखित जवाफ दिदै अदालतको आदेश संविधान विपरित भएको बताएका थिए । संविधानको धारा ७६ को ५ मा भएको व्यवस्था संसदलाई पूर्ण कार्यकाल पार्टीहरुले जोगाउन नसके सांसदहरुले जोगाउने भन्ने भएको समेत शर्माले तर्क गरे ।

4565