-
हैटीका राष्ट्रपतिलाई घरभित्रै गोली हानी हत्या गरिएको छ । राष्ट्रपति जोभेनल मोइसेलाई राजधानी पोर्ट–एयू–प्रिन्सस्थित उनकै घरमा गोली हानिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अन्तरिम प्रधानमन्त्री क्लाउट जोसेफका अनुसार सो घटनामा उनकी श्रीमती मार्टिन घाइते भएकी छन् । उनलाई अस्पताल भर्ना गरिएको छ ।
५३ वर्षिय मोइसेको विगत ३ वर्षदेखि राजीनामा माग भइरहेको थियो । कार्यकाल सकिएपछि पनि उनी असंवैधानिक तरिकाले सत्तामा रहेको भन्दै सडकमा लगातार प्रदर्शन भइरहेका थिए । स्थानीय समय अनुसार रातको १ बजे निजी निवासमा उनको हत्या भएको प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत बताएका छन् । उनका अनुसार हतियारधारी एक समुहले राष्ट्रपतिको हत्या गरेको हो ।
विज्ञप्तिका अनुसार अहिलेसम्म हत्या गर्नेहरु को हुन् भन्ने खुलेको छैन तर उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेका छन् । प्रधानमन्त्री जोसेपले यो घटनालाई ‘घृणित, अमानवीय र बर्बर’ भएको बताएका छन् ।।
News Desk 0 response बुधबार, असार २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३