• नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति भदौ १६ देखि १९ गतेसम्म हुने तय भएपछि नेताहरुले छलफल र भेटघाटलाई तिव्र बनाएका छन् । महाधिवेशनको विषयलाई लिएर उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच पनि आज भेटवार्ता भएको छ ।

    महामन्त्री डा. कोइराला निवास महाराजगञ्जमा तीन नेता बीच छलफल भएको हो । पार्टीको १४ औं महाधिवेशनमा सहकार्य गर्ने र पार्टीलाई सुदृढ बनाउने विषयमा उनीहरुबीच छलफल भएको बताइएको छ । यसअघि सोमबार पनि निधिको निवासमा नेतात्रयबीच छलफल भएको थियो । नेपाली कांग्रेसमा महाधिवेशनको माहोल बढ्दै जाँदा शीर्ष नेताहरु आन्तरिक छलफलमा केन्द्रीत हुन थालेका छन् । सभापति शेरबहादुर देउवाले पनि सातै प्रदेशका केन्द्रीय सदस्य तथा प्रभावशाली नेताहरुसंग छलफल गरिसकेका छन् ।

4565