• कपिलवस्तुको कपिलवस्तु नगरपालिका–८ बेलौहामा १८ वर्षीय युवक विजयबहादुर कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकै घरमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय रमेश कहार, २३ वर्षीय अनिल कहार र २२ वर्षीया बासमति कहार रहेको प्रहरीले जनाएको छ ।

    वासमतिसंग प्रेम सम्वन्ध रहेका विजयलाई बासमतिका पति रमेश र रमेशका भाई अनिलले आफ्नै घरमा कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । अषाढ ३ गते राति आफ्नै कोठामा श्रीमतिसँग सुतिरहेको अवस्थामा विजयलाई भेटेपछि रमेशले भाई अनिललाई समेत बोलाई कुटपिट गर्दा विजयको मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुलेको हो । मृत्युपछि विजयको शव आफ्ना भाई र श्रीमती समेतको सहयोगमा आरोपी रमेशले घर नजिकैको पोखरीमा राती लगेर फालेको प्रहरीले जनाएको छ ।

    घटनाको ४ दिन पछि मात्रै प्रहरीले पोखरीमा विजयको शव फेला परेको थियो । घटनामा बासमतिको प्रत्यक्ष संलग्नता नदेखिएपनि घटनापछि प्रहरीलाई जानकारी नदिएको, घटनाको समयमा हल्ला तथा छिमेकीसँग हारगुहार नगरेका कारण उनी पनि दोषी भएको प्रहरीेले जनाएको छ ।

4565