• इरानमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रइसी राष्ट्रपतिमा निर्वाचित भएकोमा इजरायलले असन्तुटी व्यक्त गरेको छ । इजरायली विदेश मन्त्रालयका प्रवत्ता लियोर हाइयातले रइसी अहिलेसमम कै सबैभन्दा कट्ट्रपन्थी राष्ट्रपति भएको टिप्पणी गरेका छन । रइसीले इरानको आणसिवक गतिविधिलाई बढावा दिने भन्दै उनले नयाँ राष्ट्रपति विश्व कै लागि खतरा भएको बताएका छन ।


    इब्राहिम रईसी ६२ प्रतिशत मतसहित इरानको १३औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । नवनिर्वाचित राष्ट्रपति रईसीले अगष्ट महिनामा राष्ट्रपतिको शपथ लिनेछन् । विजयी भएलगत्तै न्यायपालिका प्रमुख समेत रहेका रईसीले वर्तमान राष्ट्रपति हसन रुहानीसँग भेट गरेका छन् । राष्ट्रपतिको निर्वाचनलाई केही सुधारवादी पार्टीहरुले बहिस्कार गरेका थिए । रईसीको विजयले इरानको आन्तारिक राजनीति र विदेश मामिलामा समेत प्रभाव पर्नसक्ने विश्लेषण गरिन थालिएको छ ।

    यद्यपी इरानको राजनीति प्रणालीमा राष्ट्र र राष्ट्रियता सम्बन्धि सबै मुद्दाहरूको अन्तिम निर्णय गर्ने अधिकार सर्वोच्च नेता आयातुल्ला अली खमेनीसँग छ । इरानमा पहिलो वरियतामा सर्वोच्च नेता र दोस्रो वरीयतामा राष्ट्रपति पद पर्छ । रईसीले पनि खमेनीले झैं इरान अन्तर्राष्ट्रिय परमाणु सम्झौतालाई ब्यूँताउनुपर्ने पक्षमा रहेको बताउँदै आएका छन । ६० वर्षीय रईसीले आफ्नो व्यावसायीक जीवनको अधिकांश समय अभियोजनकर्ताको भूमिका निर्वाह गरेका थिए । उनले चुनावमा आफूलाई भ्रष्टाचार नियन्त्रण र इरानको आर्थिक समस्या हल गर्ने सबैभन्दा उपयुक्त पात्रको रूपमा प्रस्तुत गरेका थिए । राजनीतिक बन्दीलाई दण्ड दिएको आरोपमा अमेरिकाले रईसीमाथि प्रतिबन्ध लगाएको छ ।

4565