• इरानको आगामी राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रइसी विजयी हुने लगभग निश्चित भएको छ । हालैै सम्पन्न निर्वाचनको मतगणना नसकिँदै उनी राष्ट्रपति बन्ने निश्चित देखिएको हो । राजनीतिक बन्दीलाई दण्ड दिएको आरोपमा अमेरिकाले प्रतिबन्ध लगाएको रइसी हाल इरानका प्रधानन्यायाधीश हुन् । इरानमा सर्वोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ । राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय गर्ने अधिकार सर्वोच्च नेतामा भएपनि आन्तरिक र वैदेशिक मामिलामा राष्टपतिको महत्वपुर्ण प्रभाव हुन्छ ।

    साठी वर्षीय धर्मगुरु रइसीले आफ्नो व्यावसायीक जीवनको अधिकांश समय अभियोजनकर्ताको भूमिका निर्वाह गरेका छन ्। वर्तमान राष्ट्रपति हसन रुहानीसँगको चुनावमा ठूलो अन्तरले हारेको दुई वर्षपछि सन् २०१९ मा उनी न्यायापालिका प्रमुख नियुक्त भएका थिए । रइसीले भ्रष्टाचार नियन्त्रण र इरानको आर्थिक समस्या हल गर्ने आफू सबैभन्दा उपयुक्त पात्र भएको रूपमा प्रस्तुत गरेका थिए । उनी सर्वोच्च नेता अयातुल्लाह खामेनेई झैं इरान अन्तर्राष्ट्रिय परमाणु सम्झौतालाई बिउँताउनुपर्ने पक्षमा रहेको बताउदै आएका छन ।

4565