-
उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासँग ‘वार्ता र संघर्ष’ दुवैका लागि मुलुक तयार रहनुपर्ने बताएका छन् । उत्तर कोरियाली नेता किमले बाइडेन प्रशासनप्रति पहिलो पटक सार्वजनिक रुपमा प्रतिक्रिया दिएका हुन् ।
बिहीबार बसेको सत्तारुढ वकर्स पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकमा किमले अमेरिकासँग ‘उपयुक्त रणनैतिक तथा सामरिक प्रतिवाद’ का आधारमा व्यवहार गर्नुपर्ने बताएका हुन् । उत्तर कोरियाली समाचार संस्था केसीएनएले नेता किमको भनाइ उद्धृत गर्दै उनले संवाद र संघर्षका लागि तयार रहनुपर्ने कुरामा जोड दिएको उल्लेख छ ।
यस्तो कदमले उत्तर कोरियामा शान्तिपूर्ण वातावरणका साथै सुरक्षाको प्रत्याभूति हुने पनि किमको भनाइ रहेको थियो । उत्तर कोरियाका लागि भर्खरै नियुक्त भएका अमेरिकी दूत सुङ किम दक्षिण कोरिया आउनुभन्दा २ दिनअगाडि किम जोङ उनको प्रतिक्रिया सार्वजनिक भएको हो ।
सुङ किमले सियोलमा रहँदा दक्षिण कोरियाली र जापानी समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । पछिल्लो समय उत्तर कोरियामा खाद्य संकट देखा परेको विभिन्न रिपोर्टहरुमा उल्लेख छ । पछिल्लो समय उत्तर कोरियामा महँगी बढेको बताइएको छ । दक्षिण कोरियाली समाचार संस्था एनकेन्युजका अनुसार अहिले उत्तर कोरियामा एक किलो केराको भाउ ४५ अमेरिकी डलर र स्याम्पु २ सय डलरसम्म पुगेको छ ।
News Desk 0 response शुक्रबार, असार ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३