• इथियोपियाको टिग्रे क्षेत्रमा अनिकालबाट ३ लाख ४३ हजार जनसंख्या संकटमा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । तीमध्ये करिब ३३ हजार बालबालिकाको भोकमरी र कुपोषणबाट मृत्यु हुनसक्ने चेतावनी पनि दिइएको छ ।

    संयुक्त राष्ट्रसंघ र सहायता समूहहरुको अध्ययनको आधारमा यो चेतावनी दिइएको हो । संयुक्त राष्ट्रसंघको सहायता प्रमुख मार्क लोकोकले टिग्रेमा अहिले अनिकाल रहेको बताएका छन् । बालबालिकाको क्षेत्रमा कार्यरत संयुक्त राष्ट्रसंघको संस्था युनिसेफका अनुसार टिग्रेमा खानेकुराको अभावका कारण विनासकोे स्थिति आइलागेको छ ।

    युनिसेफले टिग्रे क्षेत्रमा मानवीय सहायता पुर्याउन अपीलसमेत गरेको छ । यद्यपि इथियोपियाले भने संयुक्त राष्ट्रसंघबाट भएको अध्ययनको आधारमा निकालिएको यो निष्कर्षप्रति असहमति जनाएको बीबीसीले जनाएको छ । सरकारी र विद्रोही पक्षबीच जारी संघर्षका कारण टिग्रे क्षेत्र जर्जर अवस्थामा छ । सन् २०२० को नोभेम्बर महिनादेखि जारी संघर्षबाट सो क्षेत्रबाट करिब १७ लाख विस्थापित भइसकेको बीबीसीले जनाएको छ ।

4565