-
महाकालीपारि भारतले धारचुला–लिपुलेक सडक खण्ड विस्तार गर्ने क्रममा नेपाल तर्फको बाटोमा क्षति पु¥याएको छ । गत मंगलबार व्यास गाउँपालिकाको वडा नं २ मा पर्ने दुम्लिङ र कुञ्जुङ गाउँ जोड्ने घोडेटो बाटोमा क्षति पुगेको हो । सो बाटोमा पूर्ण क्षति भएपछि सशस्त्र प्रहरीले त्यसको वैकल्पिक बाटो खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
मंगलबार भारतीय पक्षले धारचुला–लिपुलेक सडक विस्तार गर्ने क्रममा पहाड काट्नको लागि बम विस्फोट गराएको थियो । विस्फोटपछि पहिरो खस्दा महाकाली नदी थुनिएको थियो । थुनिएपछि नदीले महाकाली किनार हुँदै दुम्लिङ जाने बाटोमा क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । मंगलबार महाकाली थुनिएर बाटोमा क्षति पुगेपछि बुधबार सुरक्षा समितिको बैठक बसेर बिहीबार पत्र पठाइएको जोशीले जानकारी दिए ।
सोको जानकारी गृह मन्त्रालयमा पनि दिइएको उनले बताए । पत्र धारचुलाका डिस्ट्रीक मजिस्ट्रेट आनन्द स्वरुपको नाममा पठाइएको छ । यद्यपि पत्रको जवाफ शनिबार बिहानसम्म नआएको जोशीले जानकारी दिए । नेपालको लिपुलेक, कालापानी लगायतका भूभाग मिचेर भारतले तिब्बसम्म पुग्ने बाटो निर्माण गरेको छ । यसप्रति नेपाल सरकारले औपचारिक रुपमा आपत्ती जनाए पनि भारतले सो सडकखण्डमा काम जारी राखेको छ ।
गत २०७७ वैशाख अन्तिम साता भारतका रक्षामन्त्री राजनाथ सिंहले राजधानी नयाँदिल्लीबाट सो सडकको शिलान्यास गरेका थिए । शुक्रबार भारतीय रक्षामन्त्री सिंहले सीमा क्षेत्रमा सडक निर्माण गर्दै आएको सुरक्षा निकाय बोर्डर रोड अर्गनाइजेशन (बीआरओ)ले उल्लेखनीय प्रगति गरेको भन्दै कामको प्रशंसा गरेका छन् ।
News Desk 0 response शनिबार, जेष्ठ २९, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३





