• राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन् । उनलाई पार्टीको निर्देशन विपरित मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने क्रममा विहिवार मतदानमा सहभागी नभएको भन्दै पार्टीले कारवाही गरेको हो ।

    आजको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभामा उनलाई कारबाही गरिएको पत्र पढेर सुनाएका हुन् । राष्ट्रिय जनमोर्चाले सांसद थापालाई कारवाही गरेको पत्र आजै संसद सचिवालयमा बुझाएको थियो ।

    पहिलो पटक प्रदेश सभाबाट निलम्बित सांसद थापालाई सर्वोच्च अदालतले गत जेठ २३ गते पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो । हाल उनको मुद्दा अदालतमा विचाराधीन छ । पार्टीको ह्विप पालना नगरेको भन्दै कारबाहीमा परेका थापालाई अहिले पनि सोही कारण देखाउँदै कारबाही गरिएको हो ।

4565