-
भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रबाट कैलाश मानसरोवर जोड्ने सडक निर्माणलाई उल्लेखनीय उपलब्धि भनेका छन् । नयाँ दिल्लीबाट शुक्रबार भिडियो कन्फरेन्समार्फत् सो सडक निर्माणमा लागेको सुरक्षा निकाय बोर्डर रोड अर्गनाइसेजन (बीआरओ) को कामको प्रसंशा गर्दै पछिल्ला पाँच–सात वर्षमा बीआरओले उल्लेखनीय उपलब्धिहरु हासिल गरेको बताएका छन् । उनले कैलाश मानसरोवर यात्राको लागि नयाँ मार्ग निर्माणमा बीआरओले नयाँ रेकर्ड कायम गरेको बताएका छन् ।
भारतको उतराखण्ड राज्यको धार्चुला क्षेत्रबाट नेपालको सुदुरपश्चिम प्रदेशको दार्जुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको धार्मिकस्थल मानसरोवरमा पुग्ने बाटोको सिंहले २०७७ वैशाख २६ गते उद्घाटन गरेका थिए । यो उद्घाटनको समाचार नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएपछि परराष्ट्र मन्त्रालयले यो सडक निर्माण आफ्नो जानकारीमा रहेको भन्दै निर्माण रोक्न भारतलाई आग्रह गरेको थियो । भारतीय विदेश मन्त्रालयले त्यसै दिन विदेश मन्त्रालयमार्फत् ‘सडक आफ्नै भूमिमा बनाएको र केही समस्या भए कोरोना भाइरस संक्रमणपछि वार्ता गर्न सकिने’ जनाएको थियो । भारतले २०७६ को कात्तिकमा जम्मु कश्मिर र लद्दाखलाई फरक राज्यका रुपमा छुट्याएपछि जारी गरेको राजनीतिक नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेको थियो ।।
News Desk 0 response शुक्रबार, जेष्ठ २८, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३