-
अमेरिकाले विश्वका कम आय भएका ९२ देशलाई कोरोना भाइरसविरुद्धको ५० करोड मात्रा खोप आफै किनेर वितरण गर्ने भएको छ । राष्ट्रपति जो बाइडेनको प्रशासनले ५० करोड मात्रा फाइजरको खोप अबको दुई वर्षभित्र विश्वका विभिन्न देशलाई उपलब्ध गराउने तयारी गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्यसमध्ये यो वर्ष २० करोड मात्रा र बाँकी मात्रा सन् २०२२ मा वितरण गर्ने तयारी अमेरिकाले गरेको बताइएको छ । तथापी खोप वितरण गर्ने योजनाबारे राष्ट्रपति कार्यालय ह्वाइट हाउसले औपचारिक रुपमा जानकारी भने दिन बाँकी नै छ । विश्वका गरिब देशहरुलाई प्रदान गर्ने खोपको मात्रा बढाउन अमेरिकामाथि दबाब पर्दै आएको छ ।
सत्तामा आएपछिको पहिलो विदेश भ्रमणका क्रममा राष्ट्रपति बाइडेन बुधवार बेलायत पुगेपछि अमेरिकाको खोप सम्बन्धी नयाँ तयारीबारे जानकारी आएको हो । उनले बुधवार नै आरएएफ मिल्डेनहलमा रहेको एयरवेसमा अमेरिकी सैनिलाई सम्बोधन गरेका थिए । बाइडेन विकसित देशहरुको समूह जी सेभेनको सम्मेलनमा सहभागी हुन बेलायत पुगेका हुन् ।
News Desk 0 response बिहिबार, जेष्ठ २७, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३