-
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । बिहीबार प्रदेशसभामा गुरुङले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत परेको छ । मतदानमा कूल ६० जना प्रदेश सभा सदस्यमध्ये सभामुखबाहेक ५७ सांसद मतदानमा सहभागी भएका थिए ।
विश्वासको मत प्राप्त नभएसँगै संविधान बमोजिम गुरुङ स्वतः पदमुक्त भएका छन् । यसअघि आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि राजीनामा दिएका गुरुङ प्रदेशसभामा ठूलो दलको प्रदेशसभा संसदीय दलको नेताका हैसियतमा संविधानको धारा १६८ उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।
अब प्रदेश प्रमुखले धारा १६८ उपधारा ५ अनुसार प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । सरकार बनाउनका लागि बहुमत ३१ सांसदको समर्थन चाहिन्छ । प्रदेश सभामा एमालेका २७ सांसद छन् । कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जनता समाजवादी पार्टी (जसपा) का २, राष्ट्रिय जनमोर्चाका ३ र दीपक मनाङ्गे स्वतन्त्र सांसद छन् ।
News Desk 0 response बिहिबार, जेष्ठ २७, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३