-
दक्षिण अफ्रिकामा एक जना महिलाले एकै पटकमा १० जना सन्तानलाई जन्म दिएकी छन् । दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले ३६ वर्षीया गोसियामी थामारा सितहोलले प्रिटोरियाको एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएकी हुन् ।
गाउटेङ प्रान्तको सामाजिक विकास विभागले पनि ती महिलाले १० सन्तान पाएको पुष्टी गरेको छ । पूरा अवधि नपुगी जन्मिएका बच्चाहरूलाई अहिले अस्पतालमै राखिएको छ । एउटा रिटेलस्टोर म्यानेजरको काम गर्ने गोसियामीले यसअघि पनि जुम्ल्याहालाई जन्म दिएकी थिइन् ।
उनले अब जन्मेका बच्चाहरूलाई आफू र श्रीमानले हुर्काउन नसक्ने भन्दै सहयोगको अपिल गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यसअघि गत महिना अर्को अफ्रिकी मुलुक माली एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएकी थिइन् । मालीको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म सबै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो छ ।
News Desk 0 response बुधबार, जेष्ठ २६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३