• जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ को संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ । राउत हाल प्रदेश २ का मुख्यमन्त्री समेत हुन् । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण भए पनि प्रदेशमा दुवै दलका संसदीय नेता रहेका थिए ।

    तर, एकीकरण भएको एक वर्षपछि पार्टीमा आन्तरिक विवाद भएकै समयमा संसदीय दलको नेतामा पूर्व समाजवादी पार्टीबाट राउतलाई चयन गरिएको छ । जसपाका कुल ५५ सांसदमध्ये राउतको समर्थनमा ३६ जनाले हस्ताक्षर गरेका छन् । पूर्व समाजवादीका ३० जना र पूर्व राजपाका २५ जना सांसद रहेकोमा राउतलाई पूर्व राजपाका ६ जना सांसदले समेत समर्थन गरेको पूर्व समाजवादीका एक सांसदले जानकारी दिए । जसपाबाट पूर्व राजपा खेमाका नेताहरु ८ मन्त्रालयसहित संघीय सरकारमा गएपछि पूर्व समाजवादी पक्ष प्रदेशमा सत्ता परिवर्तन गर्न लागेको बताइएको छ ।

4565