-
नेकपा एमालेका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले राष्ट्रपतिको आलोचना गर्ने कसैलाई पनि कोरोना नलागोस् भनी प्रार्थना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पार्टीको स्थायी समिति बैठकका निर्णय सञ्चारकर्मीलाई सुनाउने क्रममा मन्त्री ज्ञवालीले खोप ल्याएर मानिसको जीवन रक्षा गर्नु अहिलेको पहिलो आवश्यक्ता रहेको भन्दै उनले यसबारे टिप्पणी गर्ने नेताहरु र उनीहरुका आफन्त कसैलाई पनि कोरोना नलागोस् भनी प्रार्थना गरेका हुन् ।
नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि छिमेकी मुलक भारत र चीन सहितका देशका राष्ट्रपतिसँग खोप उपलव्ध गराउन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको पत्राचारको राजनीतिक र कुटनीतिक वृत्तमा आलोचना भएको छ । मन्त्री ज्ञवालीले जुन देशमा कार्यकारी भुमिकामा राष्ट्रपति रहेका छन् त्यो देशमा राष्ट्रपतिले कुराकानी गर्नुपर्ने भएको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिबीच कुराकानी हुँदैन भन्ने सामान्य प्रोटोकल बुझ्नुपर्ने बताए ।
बैठकले अन्तिमसम्म पनि पार्टी एकताका लागि अधिकतम पहल गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता ज्ञवालीले पार्टी एकताका लागि गठन भएको कार्यदल अस्तित्वमा नरहेको र अहिलेको अवस्थामा नेताहरूबीच व्यक्तिगत र समूहगत रूपमा छलफल भइरहेको जानकारी दिए ।बैठकले सर्वोच्च अदालतमा भइरहेको अस्वस्थ गतिवधि उचित नभएको निष्कर्ष पनि निकालेको छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ १८, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





