-
सरकारले कोराना महामारीको नियन्त्रण र रोकथामको उचित व्यवस्थापन गर्न नसकेको भन्दै ब्राजिलमा वृहत प्रदर्शन भएको छ । हजारौं मानिसहरुले राजधानी ब्रासिलियामा राष्ट्रपति जैर बोल्सेनारोविरुद्ध महाभियोग लगाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले संसद् भवन अगाडि धर्ना दिँदै थप खोप ल्याउन माग गरेका छन् । राजधानी बाहेक रियो दे जेनरियोसहितका अन्य शहरहरुमा पनि प्रदर्शन भएका छन् । महामारीको उचित व्यवस्थापन गर्न नसक्दा ब्राजिलमा अहिले राष्ट्रपति बोल्सेनारोको लोकप्रियता घट्दो छ ।
ब्राजिलमा कोरोनाका कारण ४ लाख ६० हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । कोरोनाका कारण सबैभन्दा बढी ज्यान गुमाउने अमेरिकापछि ब्राजिल दोस्रो देश हो । त्यस्तै, सर्वाधिक संक्रमित भएको देशमा अमेरिका र भारतपछि तेस्रो नम्बरमा ब्र्राजिल रहेको छ । त्यहाँ १ करोड ६० लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।
News Desk 0 response आइतवार, जेष्ठ १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३