-
भारत र बेलायतमा फेला परेका कोरोना भाइरसको मिश्रणयुक्त नयाँ भेरियन्ट भियतनाममा फेला परेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन् । भियतनामका स्वास्थ्यमन्त्री गुयन थान लङ्गले यो हाइब्रिड भेरियन्ट अत्यन्त खतरनाक रहेको बताएका छन् ।
उनले सरकारको एक बैठकमा यो नयाँ भेरियन्ट हावाबाट पनि तीव्र गतीमा फैलिने खालको रहेको बताएको बीबीसीले जनाएको छ । सन् २०१९ को अन्तिममा चीनमा पहिलो पटक फेला परेको भनिएको कोरोना भाइरस हजारौंपटक उत्परिवर्तन भएको पाइएको छ । यसका बेलायत र भारतीय भेरियन्ट ज्यादा खतरनाक भएको वैज्ञानिकहरुले जनाएका छन् ।
भियतनाममा फेला परेको नयाँ भेरियन्टले मानव स्वास्थ्यमा पु¥याउने असरबारे अध्ययन हुन भने बाँकी रहेको बीबीसीले जनाएको छ । भियतनामको नयाँ भेरियन्टको नाम भने राखिएको छैन । हालसम्म जुन देशमा फेला पर्यो त्यही देशको नामबाट भेरियन्टलाई चिनाउने गरिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालसम्म चारवटा भेरियन्ट भारत, बेलायत, दक्षिण अफ्रिका र ब्राजिल)लाई मात्र पुष्टि गरेको छ । भियतनाममा फेला परेको भनिएको नयाँ भेरियन्टबारे डब्ल्यूएचओका अधिकारीहरुको टिप्पणी सार्वजनिक भएको छैन ।
News Desk 0 response आइतवार, जेष्ठ १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३