-
भारतमा मे २६ देखि ट्वीटर, फेसबुक जस्ता सामाजिक सञ्चालन बन्द हुन सक्ने भनेर भारतीय मिडियाले लेखेका छन् ।भारत सरकारले तीन महिना अघि ठूला सामाजिक सञ्जालका लागि नयाँ नियमहरु ल्याएको थियो । उक्त नियमको पालना नगरेको भन्दै सामाजिक सञ्जाल बन्द गर्न सक्ने बताइएको हो ।
सामाजिक सञ्जालहरुका लागि भनेर भारत सरकारले तीन महिना अघि ल्याएको इन्टरनेसनल गाइडलाइन एण्ड डिजिटल मिडिया इथिक्स कोडि रुल्स २०२१ु लाई आजसम्म पनि धेरै सामाजिक सञ्जालले पालना गरेका छैनन् ।सरकारको यो नियम मे २६ देखि प्रयोगमा ल्याउने जनाएको थियो । सामाजिक सञ्जालहरुले देशको नियम नमानेमा उनीहरुले आफ्नो अस्तित्व गुमाउने र अपराध सरह हुने भनेर भारतीय मिडियाले लेखेका छन् ।
कु नामक सामाजिक सञ्जालबाहेक कुनै पनि सामाजिक सञ्जालले आवासीय गुनासो अधिकारी, मुख्य गुनासो अधिकारी र नोडल सम्पर्क व्यक्ति नियुक्त गरेका छैनन् जुन नियमावलीमा राखिएको छ ।उत्पीडनको विरुद्धमा केही पनि पाइला नचालेको भनेर उपभोक्ताहरुले पटक पटक गुनासो गरिरहेका छन् र यही सबै कुरालाई मध्यनजर गर्दै ट्वीटर, फेसबुक जस्ता सामाजिक सञ्जालहरु बन्द हुन सक्ने बताइएको हो ।
सामाजिक सञ्जालहरुले कुन कुन समस्याहरु प्रयोगकर्ताले भनेका थिए र ती समस्या हल गर्न सामाजिक सञ्जालले के कार्य गर्यो भनेर रिपोर्ट बनाएर दिनु पर्ने हुन्छ तर त्यो काम कुनै पनि सामाजिक सञ्जालले गरिरहेको छैन् ।भारतमा प्रयोगकर्ता धेरै भएता पनि ती सामाजिक सञ्जालहरुले भारतले ल्याएको नियम पालना गर्न कुनै कदम नचालेकोको भनेर तेलङगना टुडेमा उल्लेख छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३